विमल खतिवडा

नारायणगढमा साना बालबालिकाको सौन्दर्य प्रतियोगिता आयोजना गरिएको छ । होलिडेज क्रिएसन होम नरायणगढले आयोजना गरेको प्रतियोगितामा चितवन, नवलपरासी र काठमाडौंका विभिन्न १५ विद्यालयमा अध्ययनरत ७ देखि १३ वर्षका बालबालिका सहभागी भए ।

एपोलो च्याम्प चितवन प्रिन्स/प्रिन्सेस नाम राखिएको प्रतियोगितामा दिवस सापकोटा प्रिन्स घोषणा भए । प्रिन्सेस च्याम्पको उपाधि अशु श्रेष्ठले पाइन् । ग्रान्ड फिनालेमा १० प्रतिस्पर्धी सहभागी थिए । सबै राम्राराम्रा लुगा लगाएर आएका थिए । कोहीले नाचे । कोहीले क्याटवाक गरेर सबैको मन जिते । उनीहरूको टयालेन्ट हेर्न नायक राजेश हमाल आएका थिए । नवलपरासीको गैंडाकोटस्थित नारायणी रिसोर्टमा भएको प्रतियोगितामा फस्ट रनरअप सुयोग उपाध्याय र सिम्रन भुसाल भए । सेकेन्ड रनरअप दिक्पाल गौतम र आरजु गौतम भए ।

प्रिन्स दिवस र प्रिन्सेस अशु श्रेष्ठले नगद ३० हजार रुपैयाँ र अवार्ड हात पाए । फस्ट रनर अपले २० हजार रुपैयाँ र सेकेन्ड रनर अपले १० हजार रुपैयाँसहित अवार्ड पाए । सहभागी ३० बालिकामध्ये १२ जना दोस्रो चरणमा र ६ जना अन्तिम चरणमा पुगेका थिए । २० जना बालकमध्ये ८ जना दोस्रो चरण हुँदै ४ जना फाइनलमा पुगेका थिए । उपाधि जित्नेलाई ३ महिना नि:शुल्क डान्स सिकाइने भएको छ । साथै, भरतपुरस्थित निको बाल अस्पतालले एक वर्षसम्म नि:शुल्क उपचार सेवा दिने बताएको छ ।

https://www.kantipurdaily.com/kopila/2017/08/06/20170806102122.html