चितवन – ‘च्याम्प चितवन २०७५’को उपाधि सेलिसा आचार्य र अभियान पौडेलले जितेका छन् । गैडाकोटको नारायणी नदी किनार स्थित होटल नारायणी रिर्साेर्टमा आयोजित प्रतियोगीमा दुबैले उपाधिका नगद १५, १५ हजार, साईकल, ट्रफ्रिसमेत हात पारे ।
प्रतियोगितामा बालिका तर्फको फष्ट रनर अफमा आयुषा काफ्ले र सेकेण्ड रनर अफमा अर्यान केसी भए । बालक तर्फ भने फष्ट रनर अफमा आर्यन पोख्ररेल र सेकेण्ड रनर अफ संयोग शर्मा चुनिए ।
प्रतियोगतिामा ‘मिस्टर एण्ड मिस टिन चितवन २०७५’ समेत चुनिएको थियो । जसमा अनु श्रेष्ठ र आयुष पाण्डे उपाधि चुमे । अनु मिस र आयुष मिष्टर तर्फको बिजेता बने । यी दुबैले समेत १५, १५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र पाए ।


यही प्रतियोगीतामा मिस तर्फ फष्ट रनर अफमा एपिसा अधिकारी र सेकेण्ड रनर अफमा साहिसा सापकोट घोषित भए । मिस्टर तर्फ फष्ट रनर अफमा दिवस अधिकारी र सेकेण्ड रनर अफमा सुशन जोशी चुनिए ।
प्रतियोगीतामा पहिलो मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ, सिसनयर फोटो ग्राफर राज भाई सुवाल, चलचित्र निर्माता दिपक खाँड, रामपुर कलेजकी सहायक डिन कल्याणी मीश्र र सन्तोष सापकोटा निर्णायकमा रहेका थिए ।
प्रतियोगितामा ७ देखि १३ वर्ष उमेरका बालबालिका सहभागी थिए । एनिला श्रेष्ठको कोरियोग्राफी रहेको कार्यक्रम एजुकेशन रत्ननगर टाडीले प्रायोजक गरेको थियो ।

http://www.ratopati.com/story/42509