कान्तिपुर संवाददाता

चितवन — सेलेस्ता आचार्य र अभियान पौडेलले च्याम्प चितवनको उपाधि हात पारेका छन् । दुवैले उपाधिसँगै नगद १५/१५ हजार रुपैयाँ, साइकल, ट्रफी र प्रमाणपत्र हात पारे ।

पूर्वमिस युनिभर्स नेपाल नगमा श्रेष्ठ, वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा बालिकातर्फको फस्ट रनरअप आयुषा काफ्ले र सेकेन्ड रनरअप आर्यङा केसी घोषित भए । बालकतर्फ फस्ट रनरअपमा आर्यन पोख्रेरल र सेकेन्ड रनरअपमा संयोग शर्मा घोषित भए । मिस्टर टिन चितवनको उपाधि आयुष पाण्डे र मिस टिन चितवनको उपाधि अनु श्रेष्ठले जितेका छन् । उपाधि विजेतालाई नगद १५/१५ हजार रुपैयाँ, साइकल, ट्रफ्री र प्रमाणपत्र प्रदान गरिएको थियो । होलिडेज क्रिएसन होम प्रालिले गैंडाकोटको द नारायणी रिसोर्टमा भएको प्रतियोगितामा ४८ जना बालबालिकाको सहभागिता रहेको थियो । ७ देखि १२ वर्ष उमेरका बालबालिका च्याम्पमा र १३ देखि १६ वर्षको टिनमा सहभागिता थियो ।

प्रकाशित : वैशाख १६, २०७५ ०९:०९

https://www.kantipurdaily.com/literature/2018/04/29/15249722047126491.html